पश्चिमा शक्तिको निर्देशनमा भारतीय मिडिया

पश्चिमा शक्तिको निर्देशनमा भारतीय मिडिया

एजेन्सीः चीनका सरकारी सञ्चारमाध्यमले भारत र चीनबीचको द्विपक्षीय सम्बन्ध भारतीय मिडियाले बिगारेको बताएका छन् । दुई देशबीच मतभेद रहेको भन्दै चीनको विरोधमा नकारात्मक फैलाउन भारतीय सञ्चारमाध्यम जिम्मेवार रहेको चिनियाँ सञ्चारमाध्यमले खुलासा गरेका हुन् ।

पश्चिमी शक्तिले चाहेअनुरूप भारतीय सञ्चारमाध्यम प्रयोग भएको दाबी गर्दै दुवै देशका मिडिया सजग हुनुपर्ने चीनको भनाइ छ । चिनियाँ समाचारपत्र ‘ग्लोबल टाइम्स’ले चिनियाँ विदेशमन्त्री वाङ यी शुक्रबार भारत भ्रमणमा रहेका बेला पनि यस्तै समाचार आएको उल्लेख गरेको छ ।

उनको भारत भ्रमणका बेला आगामी जी–२० एवं ब्रिक्स शिखर सम्मेलन र आपसी सहयोगका बारेमा छलफल भएको विषयलाई भारतीय सञ्चारमाध्यमले बंग्याएको उसको भनाइ छ ।

भारतीय सञ्चारमाध्यमले यस समाचारलाई ‘भारतको एनएसजीको सदस्यता चीनले रोकेको, हाल दक्षिण चीन सागरमा भारतीय सहयोग खोजेको’ जस्ता भड्काउ शैलीमा प्रस्तुत गरेको भन्दै असन्तुष्टि व्यक्त गरेको छ ।

भारतीय मिडियाले जनतालाई चीनप्रति नकारात्मक बनाउने समाचार दिने गरेको उसको भनाइ छ । भारत सरकारले गरेको प्रयास भने सह्रानीय भएको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.