एड मिडियाको २० औं वार्षिकोत्सव
काठमाडौंः नेपालको एक अग्रणी विज्ञापन तथा सञ्चार रणनीति निर्माता एजेन्सि ‘एड मिडिया प्रालि’ ले आफ्नो सेवाको २० औं वर्ष पार गरी २१ औं वर्षमा प्रवेश गरेको छ ।
२०५३ सालमा पुतलीसडकबाट आफ्नो कार्यकाल सुरू गरेको कम्पनीले हाल बागदरबार, सुनधारास्थित जेडीए अफिस कम्प्लेक्सको आफ्नै कार्यालयबाट सेवा प्रदान गर्दै आएको छ ।
हालको वार्षिक प्रतिवेदनका आधारमा यो कम्पनीले नेपालको अग्रणी ५ एजेन्सीमध्ये एक भएको कम्पनीले दाबी गरेको छ । एड मिडियाका प्रबन्ध निर्देशक मोहम्मद अख्तरले २० वर्ष अगाडि एउटा सानो संस्थाका रूपमा स्थापना भएको एड मिडिया ३० जना कर्मचारी र ३ दर्जनभन्दा बढी सेवाप्रदायकको आधिकारिक विज्ञापन एजेन्सिका रूपमा स्थापित भएको बताए ।