लायन्स क्लबद्वारा विद्यालयलाई सहयोग
काठमाडौंः लायन्स क्लब अफ पोखरा अन्नपूर्णले कास्की पुरन्चौरमा रहेको हिमालय प्राविलाई फर्निचर, शैक्षिक सामग्री र नगद सहयोग प्रदान गरेको छ ।
शिक्षासेवी अशोक पालिखेको प्रमुख आतित्थ्यतामा सम्पन्न कार्यक्रममा क्लबले विद्यालयलाई फर्निचर, शैक्षिक सामग्री, एक वर्षका लागि शिक्षक तलब र कक्षा कोठाका लागि कार्पेट गरी ६५ हजार बराबरको सहयोग गरेको क्लबका पूर्वअध्यक्ष सोनाम साङ्पोले बताएका छन् ।
लायन्सको वल्डवाइड सर्भिस विकअन्र्तगत यो कार्यक्रम गरिएको पूर्वअध्यक्ष साङ्पोले बताए । ३५ जना विद्यार्थी भएको यो विद्यालयका केही विद्यार्थी एचआईभी संक्रमितसमेत छन् ।