हिमालयन बैंक र लाइफ इन्स्युरेन्सबीच सम्झौता
काठमाडौंः हिमालयन बैंक लिमिटेड र लाइफ इन्स्युरेन्स नेपाल लिमिटेडबीच इन्सुरेन्स सेवा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ ।
सम्झौताअनुसार बैंकले लाइफ इन्स्युरेन्स नेपालको कर्पोरेट एजेन्टका रूपमा जीवन बीमा सेवा प्रदान गर्नेछ । सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोकशम्शेर जबरा र लाइफ इन्स्युरेन्स नेपालका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत अभिजित घोष दस्तिदरले हस्ताक्षर गरेको बैंकले जनाएको छ ।