माइक्रोम्याक्सको क्यू ४६५ स्मार्टफोन बजारमा
काठमाडौंः माइक्रोम्याक्सले आफ्नो नयाँ उत्पादन क्यू ४६५ क्यानभास युनाइट फोर प्रो स्मार्टफोन नेपाली बजारमा ल्याएको छ ।
विश्व स्मार्टफोन बजारमा उत्कृष्ट १० ब्रान्डमा पर्ने सफल माइक्रोम्याक्सले ग्राहकको मागलाई ध्यानमा राखेर यो स्मार्टफोन बजारमा ल्याएको हो । बजेट अनुकूल, स्टेट अफ आर्ट फोन तथा प्रिमियम फोन उत्पादन गर्ने कम्पनिका रूपमा परिचित कम्पनीले ल्याएको यो फोनमा १.३ गिगाहर्ज क्वाड कोर प्रोसेसर छ । ५.१ इन्च एचडी स्क्रिन रहेको यस फोनमा २ जीवी र्याम र १६ जीवी रोम छ ।
यसलाई एसडीकार्डको प्रयोग गरी ३२ जीवीसम्म पुर्याउन सकिनेछ । कम्पनीका अनुसार फोनमा ८ मेगापिक्सेलको मुख्य क्यामरा र ५ मेगापिक्सेलको सेल्फी खिच्न फ्रन्ट फेसिङ क्यामेरा छ । क्यू ४६५ स्मार्टफोनमा तीन हजार नौ सय एमएएचको शक्तिशाली ब्याट्री रहेको छ ।
यसले मोबाइलमा रहेको अत्याधुनिक सुविधाको कार्य क्षमता बढाउनुका साथै लामो समय सम्म चल्ने कम्पनिले बताएको छ । थी्रजी र फोरजी दुवै सेवा प्रयोग गर्न सकिने यो स्मार्ट फोन नेपाली बजार मूल्य १६ हजार दुई सय ३६ रुपैयाँ रहेको कम्पनिले जनाएको छ ।