आतंकवाद हुर्काउँदै पाकिस्तानः बंगलादेश

आतंकवाद हुर्काउँदै पाकिस्तानः बंगलादेश

नयाँदिल्लीः बंगलादेशका सूचना एवं प्रसारणमन्त्री हसनुल हक इनुले पाकिस्तानले आतंकवादलाई संरक्षण गरेको बताएका छन् । उनले यसबारेमा आफूसँग पर्याप्त प्रमाण रहेको दाबी गरेका छन् ।

मन्त्री हसनुल हक इनुले बुधबार भने, ‘आतंकवादका विषयमा पाकिस्‍तानको रेकर्ड निकै खराब छ । कयौं वर्षदेखि यसमा कुनै परिवर्तन आएको छैन ।’ पाकिस्‍तान आतंकवादको थलो बनेको र यसलाई पुष्टि गर्ने आधार आफूहरूसँग भएको उनले स्पष्ट पारेका छन् ।

हसनुल हक हमल भारत भ्रमणमा रहेका छन् । उनले बुधबार भारतीय समकक्ष वेंकैया नायडुसँग छलफल गरेका थिए । भारत र बंगलादेश मिलेर आतंकवादविरुद्ध लड्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यसका लागि दुवै देश सूचना आदान-प्रदान गर्ने विषयमा सहमत भएका छन् । दुई देशबीच सूचना समन्वय गर्न सके अपराध न्यूनीकरण गर्न सक्ने उनीहरूको भनाइ छ ।

मन्त्री हसनुलले भने, ‘आवश्यक सूचना आदान प्रदान गर्न सके अफवाह र गलत सूचना सम्प्रेषणमा रोक लाग्ने छ । यसबाट आतंकवाद विरोधी लडाइँमा सहयोग पुग्ने छ ।’

बैठकमा भारतीय मन्त्री नायडुले आतंकवादसँग लड्न सूचना सम्प्रेषण आवश्यक रहेको बताए । भारत र बंगलादेश दुवै आतंकवादसँग संघर्ष गरिरहेकाले मिलेर जानुपर्नेमा उनीहरूले जोड दिएका थिए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.