सुजुकीको भिटारा ब्रेजा बजारमा
काठमाडौंः सीजी नेक्स्ट जेनले नेपाली बजारमा स्पोर्टिएस्ट एसयूभीका रूपमा चर्चामा रहेको सुजुकी भिटारा ब्रेजा भिœयाएको छ ।
कम्पनीले नयाँ कारको बुकिङसमेत खुला गरिएको जानाएको छ । कम्पनीले भिटारा ब्रेजा नेपाली बजारमा सेग्मेन्टमै पहिलो पटक डुअल कलर स्किमसहित भिœयाएको हो । कम्पनीका अनुसार कारमा उत्कृष्ट कार्य क्षमता प्रदर्शनीका लागि डीडीआईएस दुई सय इन्जिन जडान गरिएको छ ।
डीडीआईएस दुई सय डिजल इन्जिनले ९० पीएस शक्ति र २४ दशमलब ३ किलोमिटर प्रतिलिटर माइलेज दिने कम्पनीको जनाएको छ । उत्कृष्ट ग्राउन्ड क्लियरेन्स र स्पोर्टी बडी किटसहितको यस कारमा फ्लोटिङ रुफ डिजाइन प्रयोग गरिएको छ जसले गाडीलाई गतिशील देखाएको छ ।
कारको भित्री भागमा पियानो फिनिससहित स्पोर्टी सिट प्रयोग गरिनुका साथै यात्रामा आरामदायी अनुभवका लागि कारमा यस सेग्मेन्टअन्तर्गतकै ठूलो क्याबिन र बुटस्पेस उपलब्ध भएको कम्पनीले जानाएको छ ।
चालक तथा यात्रुको सुरक्षालाई ध्यानमा राखेर कारमा कम्प्युटर एडेड डिजाइन प्रयोग गरिएको सुजुकी टीईसीटी प्रणाली जडान गरिएको छ । यसमा एयर ब्याग, एबीएस तथा प्रि टेन्सनसमेत जडान गरिएको छ ।
कारमा बेस्ट इन क्लास फिचर्सका रूपमा एप्पल कार प्लेसहितको स्मार्ट प्ले इन्फोटेनमेन्ट प्रणाली, क्रुज कन्ट्रोल, एन्टी पिन्च गार्ड पावर विन्डोलगायत फिचर्स रहेका छन् । कम्पनीका अनुसार भिटारा ब्रेजाको सुरुवाती मूल्य ३५ लाख ९९ हजार तोकिएको छ ।