मेक्स र मिडभ्यालीबिच सम्झौता
काठमाडौंः मर्कन्टाइल एक्सचेन्ज नेपाल लिमिटेड (मेक्स) र मिडभ्याली इन्टरनेसनल कलेजबीच एमओयू सम्झौता भएको छ ।
सम्झौताअनुसार अब मेक्स र मिडभ्यालीले संयुक्तरूपमा कमोडिटी डेरिभेटिभ शिक्ष सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने कम्पनीले जनाएको छ ।
यस्तो किसिमको साझेदारीले वित्तीयशास्त्र अध्ययनरत विद्यार्थीको व्यावहारिक तथा प्राविधिक ज्ञान अभिवृद्धि गर्न मद्दत पुग्नेछ । स्थापनाकालदेखि नै व्यवस्थापन संकायका विद्यालयमा कमोडिटी डेरिभेटिभसम्बन्धी व्यावहारिक तथा प्राविधिक ज्ञान अभिवृद्धि गर्दै आएको मेक्सले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।