‘द सिंगलटन अफ ग्लेन अर्ड’ को नयाँ संस्करण

‘द सिंगलटन अफ ग्लेन अर्ड’ को नयाँ संस्करण

काठमाडौंः डिएगो पीएलसीको आधिकारिक विक्रेता ग्लोबल ट्रेडिङ कन्सर्न प्रालिले अंकुरित अन्नबाट तयार पारिएको तयारी मदिरा ‘द सिंगलटन अफ ग्लेन अर्ड’ बजारमा ल्याएको छ ।

कम्पनीले यसलाई १५ र १८ वर्ष पुरानो दुई संस्करण सार्वजनिक गरेको छ । यी दुवै संस्करणका मदिरा अहिले बजारमा भएको भन्दा फरक स्वादमा उपलब्ध हुने कम्पनीले जनाएको छ । समृद्ध र आत्मविश्वासी खरबुजाको संकेत गर्ने सिंगलटनले आफ्नै सुरुचिपूर्ण गति उद्घाटित गर्छ ।

खरबुजा र गर्मीयामका अमिलो जातका फलफूलको संकेत गर्ने यो मदिरा फूलको सुगन्धले सुगन्धित रहेको कम्पनीले जनाएको छ ।

यसलाई स्वादिष्ट दालचिनी तथा अदुवा–मसलायुक्त बिस्कुटबाट विकसित यसमा सुन्तला र अंगुर रसको मि श्रण रहेको छ । यसमा बाक्लो तर ठन्डा पेस्ट्री क्रिम, टोस्टेड नोट तथा सुख्खा कोको पाउडर मि श्रण गरिएको छ, जसले आनन्दित गर्माहट निर्माण गर्ने कम्पनीले जनाएको छ ।

यसमा ४० प्रतिशत अल्कोहलको मात्रा छ । १५ वर्ष पुरानो यसको बजमरमा मूल्य ६ हजार नौ सय रहेको छ । १८ वर्ष पुरानो ‘द सिंगलटन अफ ग्लेन अर्ड’ कम मसलेदार, बढी परिपक्व, केही गाढा रंगमा र १२ वर्षभन्दा पुरानो प्रगाढ फ्लेवर रहेको छ । यसको अधिकतम खुद्रा मूल्य १० हजार ५० रहेको कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.