लाबिम मलमा ‘मनसुन उत्सव’
काठमाडौंः लाबिम मलले आफ्नो पहिलो कार्यक्रमका रूपमा ‘लाबिम मल मनसुन उत्सव’ आयोजना गर्ने भएको छ ।
भदौ ४ र ५ गते मलकै प्रांगण पुलचोकमा आयोजना हुने उक्त कार्यक्रममा कुटुम्ब, १९७४ एडी र क्याडेन्जाको लाइभ म्युजिक, मन्चिन शाक्यको फेसन सो, पवन जोशी र किशोर कायस्थद्वारा फोटो सेसन, नृत्य आँगनको प्रस्तुति कथा वाचन, कारखानाद्वारा वाल कार्यशाला, द लास्ट रिसोर्टको विशेष प्रस्तुति एब्सेलिङ एवं पायल थापा र सीजी थापाको प्रस्तुति ब्युटी सेसनलगायतका विविध मनोरञ्जनात्मक कार्यक्रम आयोजना हुने आयोजकले जनाएको छ ।
कोकाकोला र रुस्लान हन्ड्रेड पर्सेन्ट प्योर म्युजिकको सहकार्यमा आयोजना गर्न लागेको हो । उक्त मलमा सपिङका विविध आयामका साथै मलभित्रै रेस्टुरेन्ट तथा सिनेमा हलको समेत व्यवस्था छ ।