सिरियाली बालकको तस्बिर सामाजिक सञ्जालमा भाइरल

सिरियाली बालकको तस्बिर सामाजिक सञ्जालमा भाइरल

एजेन्सीः सिरियाली युद्धले विश्वलाई त्रसित पारिराखेको छ । यही त्रसित युद्धमा परेका एक बालकको तस्बिर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा भाइरल भएको छ । सिरियामा हुने हवाई र आक्रमणका डरलाग्दा दृश्यले त्रसिद सामाजिक सञ्जाल प्रयोगकर्ताले एक बालकको तस्बिरलाई भाइरल बनाउका हुन् ।

यो तस्बिर सिरियाको अलेप्पोमा विद्रोही समूहको कब्जामा भएको हवाई आक्रमणमा परेका बालकको हो । हवाई आक्रमणबाट ध्वस्त भएको एक भग्नावशेषबाट उद्धार गरिएका ति बालक एम्बुलेन्समो बसिरहेको देख्न सकिन्छ ।

अन्तराष्ट्रिय सञ्चार माध्ययमले चिकित्सकलाई उद्धृत गर्दै सार्वजनिक गरे अनुसार बालक पाँच वर्षका हुन् । उनको नाम ओमरान दाक्निस हो । उनको परिवारको अवस्था अझै अज्ञात रहेको समाचारमा उल्लेख गरिएको छ ।

सिरियाका सुरक्षाकर्मीलाई रसियन सेनाले सहयोग गरिराखेको छन् । सहयोगका क्रममा भएको हवाई आक्रमणमा परी यी बालक घाइते भएको समाचारमा उल्लेख छ । दैनिक हुने हवाई आक्रमणका कारण पछिल्ला दिनमा त्यहाँ  सयौँ सर्वसाधारणले ज्याान गुमाएका छन् भने हजारौँ विस्थापित भएका छन् ।

तस्बिरमा देखिएका बालक विद्रोही समूहको कब्जामा रहेको कतेर्जी क्षेत्रमा भएको हवाई आक्रमणका घाइते हुन् । हवाई आक्रमणले ध्वस्त भएको भवनको भग्नावषेशमा भेटिएका बालकको टाउकोमा चोट लागे पनि उनी गम्भीर छैनन् ।

यद्यपी सार्वजनिक भएको बालकको तस्बिरमा उनको अनुहार रगतले लतपतिएको देखिन्छ । उनी मलिन अनुहारसहित चुपचाप बसेको देख्न सकिन्छ । सामाजिक सञ्जालमा सिरिया युद्धमा यस्ता हजारौँ बालबालिका प्रभावित भए पनि यो तस्बिर भने सामाजिक सञ्जालमा भाइरल भएको छ ।

कतिपयले भने बालकको तस्बिरलाई विभिन्न डिजाइनमा प्रस्तुत गरेका छन् । यी बालकको तस्बिर बीचमा राखेर अमेरिकी राष्ट्रपति बाराक ओबामा र रसियाली राष्ट्रपति भ्लादीमिर  पुटिनले गफ गर्दै गरेको तस्बिर बनाएर समेत सार्वजनिक गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.