दसैं-तिहारमा बर्जरको रंगमञ्च
काठमाडौंः बर्जर पेन्ट्सले दसैं तिहारको अवसरमा रंगमञ्च योजना ल्याएको छ । यस योजनाको प्रवद्र्धनका लागि कम्पनीले नायिका रिचा शर्मा र हास्य कलाकार दीपकराज गिरीलाई नियुक्त गरेको छ ।
उक्त योजनाअनुसार घरधनीले एउटा फोर्ड फिगो एम्बिएन्ट, दुईवटा पल्सर २२० सीसी, तीनवटा सामसङ एस७ एज मोबाइल फोन, चारवटा सोनी ब्राभिया ३२ इन्चको एलईडी टीभी र १० वटा सामसङ २३ इन्चको स्लिम एलईडीटीभी प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
यी आकर्षक पुरस्कारका साथै सहरोन्मुख ३० सहरका ३० उत्कृष्ट घरका धनीले २० हजार प्राप्त गर्नेछन् । योजनामा सहभागी सबैले हुवावेको १३ हजार एमएएचको पावर बैंक पक्का प्राइजका रूपमा पाउनेछन् । यसैगरी योजना प्रवद्र्धक तथा वरिष्ठ निर्णायकले देशभरबाट छानेका ६० घरधनीले एक लाखसम्म र बर्जरको फेसबुक पेजमा आफ्नो रंगाएको घरको फोटो अपलोड गर्दा सबैभन्दा धेरै लाइक पाउने उत्कृष्ट ६ घरले सामसुङ जे७ प्राप्त गर्नेछन् ।
योजनामा सहभागी हुन घरधनीले टोल फ्री नं. १६६०–०१–२३४३४ (एनटीसी)/९८०–१५७–१००१(एनसेल) मा कल वा ‘बर्जर’ टाईप गरेर ३३७७ मा एसएमएस पठाई आफ्नो नाम दर्ता गर्न सक्ने कम्पनीले जनाएको छ ।