सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा
काठमाडौंः सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले दाङ जिल्लाको गडवा गाविसमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।
देशका विभिन्न दुर्गम स्थलका बासिन्दालाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन सम्बन्धित शाखा प्रमुख पवनकाजी खत्रीले गरेका छन् ।
उक्त सेवा सञ्चालनका लागि स्थानीय व्यवसायी प्रदीप शर्मालाई व्यावसायिक प्रतिनिधि नियुक्त गरेको बैंकले जनाएको छ । शाखारहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवा सञ्चालन सेवाको भुक्तानीलगायत बैंकले प्रदान गर्ने अन्य सेवा उपलब्ध हुनेछ ।