वृद्धाश्रमलार्इ लायन्सको सहयोग
काठमाडौंः लायन्स क्लब अफ विराटनगर एक्जुक्युटिभले मोरङको टंकीसिनबारी–३ स्थित महिला जागृति तथा वृद्धा श्रमलाई निर्माण गरिदिएको भवन हस्तान्तरण गरिएको छ ।
आइतबार एक कार्यक्रमका बीच मोरङका प्रमुख जिल्ला अधिकारी तोयम राया र लायन्स क्लब अन्तर्राष्ट्रिय ३२५ ए वानका डिस्ट्रिक गभर्नर कुमारराज सुवेदीले वृद्धा श्रमलाई नवनिर्मित भवन हस्तान्तरण गरेका छन् ।
१३ लाख रुपैयाँ लागतमा सभाहल निर्माण गरेर वृद्धा श्रमलाई हस्तान्तरण गरिएको क्लबले जनाएको छ । १८ फिट चौडाइ र ३८ फिट लम्बाइको उक्त भवन लायन्स क्लब एक्जक्युटिभको पहलमा विराटनगर निवासी हरिप्रसाद वंशल र मनोज अग्रवालले आफ्ना पूर्वजको स्मृतिमा निर्माण गरिदिएका हुन् ।
नवनिर्मित भवनमा वृद्धा श्रमका आश्रितलाई बसीबियालो गर्न र भजनकीर्तन गर्न सहज हुने आ श्रम सञ्चालक भुवनेश्वरी आचार्यले बताइन् । कार्यक्रममा लायन्स गभर्नर सुवेदीले मानव सेवाका लागि लायन्सकर्मी सधैं सक्रिय रहेको बताए ।
उनले सेवा नै धर्म हो भन्ने मान्यताअनुसार लायन्सले आफ्ना गतिविधि सञ्चालन गर्दै आएको जनाए । लायन्स क्लब अन्तर्राष्ट्रिय ३२५ ए वानका फस्ट भाइस गभर्नर लीलाकुमार ढुंगेलले लायन्सकर्मी सधैं समाजसेवामा सक्रिय हुने गरेको बताए ।
लायन्सकै सहयोगमा मोरङको मधुमल्लामा बाढीबाट विस्थापित ५५ परिवारलाई आइतबार नै राहत सामग्री पनि हस्तान्तरण गरिएको जनाएको छ ।