नेपाल लाइफ इन्स्योरेन्स कम्पनी सम्मानित
काठमाडौंः नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले लगातार तेस्रो पटक ‘बेष्ट म्यानेज्ड लाइफ इन्स्योरेन्स कम्पनी’ अवार्डबाट पुरष्कृत भएको छ ।
न्यूबिजिनेस एज प्रालिको आयोजनामा सम्पन्न ‘न्यूबिज बिजनेश कन्क्लेभ तथा अवार्ड २०१६’ को अवसरमा यस कम्पनीलाई उक्त पदकबाट सम्मानित गरिएको हो ।
कम्पनीले आर्थिक वर्ष २०७२।७३ को अवधिमा कुल बीमाशुल्क आम्दानी १० अर्व २५ करोड ६२ लाख हासिल गरि जीवन वीमा व्यवसायको क्षेत्रमा करिब ३५ प्रतिशत बजार हिस्सा ओगटेको जनाएको छ । साथै यस कम्पनिले आफ्नो बिमितलाइ बोनस ६५ देखि ८२ सम्म, प्रति वर्ष प्रति हजार बिमाङ्कमा प्रदान गरिरहेको जनाएको छ ।