शिखर सुको दसैं-तिहार योजना
काठमाडौंः शिखर सुले दसैं र तिहारलाई लक्षित गरेर नयाँ योजना सार्वजनिक गरेको छ । कम्पनीले ‘शिखर धमाका, हरेक जेन्ट्स सुजको खरिदमा आकर्षक लेडिज स्यान्डल उपहार पक्का’ भन्ने योजना सार्वजनिक गरेको छ ।
उक्त योजनाअन्तर्गत शिखर ब्रान्डका १५ सय वा सोभन्दा बढीको जुत्ता खरिदमा ग्राहकले शिखरको एकजोर आकर्षक लेडिज सेन्डल उपहार पाउने कम्पनीले जनाएको छ । यस योजनाबाट ग्राहकले तत्काल लाभ उठाउन सक्ने भएकाले यसको बिक्रीमा थप उत्साह थपिने कम्पनीको विश्वास छ ।
शिखर सुले कन्भेयर मेसिन, पियु मेसिन र डीएमएस मेसिनबाट उत्पादन गर्दै आएको छ । कम्पनीले हाल चप्पल, जुत्ता, सुरक्षा बुट, साधारण बुट, बच्चाको जुत्तालगायतका ६ सय डिजाइनका जुत्ता चप्पल उत्पादन गर्दै आएको छ ।
कम्पनीले आफ्ना हरेक उत्पादनमा ६ महिनाको वारेन्टीसमेत दिँदै आएको छ । कम्पनीका अनुसार यस उद्योगमा अहिले प्रत्यक्ष र अप्रत्यक्ष गरी चार हजारभन्दा बढी व्यक्तिले रोजगारी पाइरहेका छन् ।