नबिल बैंकलाई अवार्ड
काठमाडौंः नबिल बैंक लिमिटेड ‘तेस्रो न्यु बिज बिजनेस कन्क्लेभ तथा अवार्ड २०१६’ मा ‘सर्वोत्कृष्ट वाणिज्य बैंक’ अवार्डबाट सम्मानित भएको छ ।
गत शुक्रबार उद्योग तथा वाणिज्य महासंघका पूर्वअध्यक्ष रविभक्त श्रेष्ठले राजधानीमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सशीन जोशीलाई अवार्ड हस्तान्तरण गरेका हुन् ।
उक्त अवसरमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत जोशीले प्रतिष्ठित पुरस्कार प्राप्त गर्नु बैंकको गौरव रहेको बताएका छन् । उनले विषम आर्थिक तथा राजनीतिक अस्थिरताबीच बैंकले इच्छाएअनुसारको कार्य सम्पादन गर्न सकेको बताए । गत आर्थिक वर्ष बैंकको खुद मुनाफा दुई अर्ब ८२ करोड रहेको छ ।