सुन आयात शून्य, बजारमा फालाफाल
काठमाडौंः तस्करीमार्फत सुन भित्रिरहेको पुष्टी भए पनि नियन्त्रणसम्बद्ध निकाय अन्योलमा छन् । असार र साउन महिनामा सुन आयात भएको छैन । तर, बैंकमा करिब साढे तीन सय किलो सुन बिक्री नभएर थुप्रिएको छ । तैपनि बजारमा सुन फालाफाल छ ।
नियमनकारी निकाय नेपाल राष्ट्र बैंक, भन्सार विभाग र राजस्व अनुसन्धान विभागबीच केही दिनअघि सुन तस्करी गर्नेलाई कारबाही प्रक्रिया अघि बढाउने निर्णय भएको थियो । निर्णयअनुसार राजस्व अनुसन्धानले सूचना संकलनका साथै बजारमा छापा मारेर तस्करीको पर्दाफास गर्नुपर्ने थियो, तर विभाग चुपचाप छ । ‘भर्खरै मन्त्री आएका छन्, उनको निर्देशन पाएपछि छापा मार्ने तयारी छ’, विभागका एक अधिकारीले भने । ती अधिकारीका अनुसार छापा मार्दा बजारमा विरोध हुने निश्चित भएकाले पनि मन्त्रीको निर्देशन कुर्नपरेको हो ।
यसअघि सुन व्यवसायीले मागअनुसार सुन आपूर्ति नभएको गुनासो गर्दै कोटा दोब्बर पार्न दबाब दिन्थे । अहिले आयातै नहुँदा पनि बजारमा किन सुन अभाव भएन ? व्यवसायीको एउटै जवाफ छ, भूकम्प, र नाकाबन्दीका कारण क्रयशक्ति कम भएका कारण घरको सुन बजारमा आइरहेको छ । ‘सुन बेचेर सेयरमा लगानी गर्ने प्रवृत्ती पनि बढेको छ,'सुन व्यवसायी तेजरत्न शाक्य भन्छन् । व्यवसायीको जवाफ हाँसोउठ्दो भएको नियामक निकायका अधिकारी बताउँछन् ।
बजारको माग पूरा हुने गरी सुन तस्करीमार्पmत भित्रिएको विश्वास गरिए पनि तस्करी कहा“, कसरी भइरहेको छ भन्ने सुराक सम्बद्ध निकायले पाएका छैनन् ।
‘व्यवसायीको कुरा अपत्यारिलो र हाँसोउठ्दो छ,'भन्सार विभागका महानिर्देशक शिशिरकुमार ढुंगाना भन्छन्, ‘सुन तस्करीमार्फतै भित्रिएको छ ।'
बजारको माग पूरा हुने गरी सुन तस्करीमार्पmत भित्रिएको विश्वास गरिए पनि तस्करी कहा“, कसरी भइरहेको छ भन्ने सुराक सम्बद्ध निकायले पाएका छैनन् । राजस्व अनुसन्धानका अधिकारी नै तस्करीको सूचना पाउन नसकिएको बताउँछन् । विभागले पुलिसको केन्द्रीय अनुसन्धान विभाग (सीआईबी) लाई गुहारेको थियो । ‘सीआईबीले पनि कहा“ छापा हान्ने हो भन्नुस् हान्छौ मात्र भनिरहेका छन्', ती अधिकारीले भने ।
बजारमा बढेको अस्वस्थ प्रतिस्पर्धा र तस्करीका कारण औपचारिक क्षेत्रबाट हुने सुन आयातमा घटबढ भएको हो । दुई÷तीन वर्षयता बजारमा अवैध सुन कारोबार बढेको छ । बजारमा अवैध सुनको कारोबार मौलाउँदै गएको सम्बन्धित व्यवसायीले स्वीकारेका छन् । भन्सार छली गरेर आयात गरिएको सुन औपचारिक क्षेत्र (वाणिज्य बैंक) बाट आयात भएको सुनभन्दा सस्तो भएकाले व्यवसायी बढी नाफा कमाउन कालोबजारीको सुन खरिद गर्न प्रोत्साहित भएका हुन् ।
केही वर्षअघिसम्म सुनको कोटा थप्न वर्षैभरि सरकारको ध्यान आकर्षण गराइ रहने व्यापारी कालोबजारीको सस्तो सुन लिएर बढी मूल्यमा बिक्री गर्न पल्केपछि बैंकले आयात गरेको सुन उनीहरूकै ढुकुटीमा थन्किएको छ । कालोबजारीको सुन बजारमा नआउँदासम्म दैनिक ४० देखि ४५ किलोसम्म सुन माग रहेको बताउने व्यापारी सस्तोमा किनेर महँगोमा बिक्री गर्न पाएपछि प्रायः वर्षभरि नै सुन बिक्री नभएको तथा कम भएको वहाना बनाउँदै आएका छन् ।
नेपालमा कालोबजारी गर्नेले चीनलगायत तेस्रोमुलुकबाट सुन ल्याउने गरेका छन् । अन्य महिनामा पनि सरकारी कोटा अनुसारको सुन आयात हुन सकेको तथ्यांकले देखाउँदैन । राजधानीकै ठूला सुन व्यवसायी तस्करीमा संलग्न भएकाले पहेंलो धातुको आयात ठप्पै जस्तो भएको देखिएको हो । ठूला सुन व्यापारीको सुन तस्करीमा संलग्नताबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बेला बेलामा अनुसन्धान गरिरहेको छ ।
चाडपर्व तथा विवाहको लगन हुने समयमा दैनिक २० किलो र अन्य समय १५ किलो सुन आयात गर्न पाउने व्यवस्था छ । सुन सहज बिक्री भएको अवस्थामा औसत दैनिक १५ किलोका दरले आयात गर्दा मासिक चार सय ५० किलो आयात हुनुपर्नेमा जेठमा ५० किलो र फागुनमा तीन सय किलोमात्र आयात भएको छ ।
बैंकले आयात गरेको सुन बिक्री नहुनु बजारमा माग घटेर नभई कालोबजारीको सुनले भएको जानकारको भनाइ छ । राष्ट्र बैंकले पनि बजारमा अवैध सुनको व्यापार फष्टाएको बताएको छ । बैंकका अनुसार कालोबजारीको सुन नेपाली बजारमात्र नभएर भारतीय मुद्रा आर्जन गर्न पनि बलियो स्रोत बनेको छ ।
एक किलो सुन भारतीय रुपैयाँमा बिक्री गर्दा चलनचल्तीको मूल्यमै पनि साढे ३१ लाखभन्दा बढी फाइदा हुने र भारतीय रुपैयाँलाई मूल्य बढाएर बिक्री गर्दा अझ बढी मुनाफा हुने कारणले नेपालमा अवैध सुन बढी भित्रिने गरेको छ ।