नेपाल लाइफ इन्स्योरेन्स सम्मानित
काठमाडौंः नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लगातार तेस्रो पटक ‘बेष्ट म्यानेज्ड लाइफ इन्स्योरेन्स कम्पनी' अवार्डबाट पुरष्कृत भएको छ ।
न्यु बिजिनेस एज प्रालिको आयोजनामा सम्पन्न ‘न्यु बिज बिजने कन्क्लेभ तथा अवार्ड २०१६' को अवसरमा यस कम्पनीलाई सम्मान गरिएको हो । कम्पनीले आर्थिक वर्ष २०७२।७३ को अवधिमा कुल बिमाशुल्क आम्दानी १० अर्ब २५ करोड ६२ लाख हाँसिल गरी जीवन बिमा व्यवसायको क्षेत्रमा करिब ३५ प्रतिशत बजार हिस्सा ओगटेको जनाएको छ ।
साथै यस कम्पनीले आफ्नो बिमितलाइ बोनस ६५ देखि ८२ सम्म, प्रति वर्षप्रति हजार बिमांकमा प्रदान गरिरहेको जनाएको छ ।