छिमेक लघुवित्त सर्वोत्कृष्ट लघुवित्त बैंक
काठमाडौंः छिमेक लघुवित्त विकास बैंक सर्वोत्कृष्ट लघुवित्त बैंक घोषित भएको छ । ‘तेस्रो न्युविज बिजनेस कन्क्लेभ तथा अवार्ड, २०१६' बाट बैंकले सर्वोत्कृष्ट लघुवित्त विकास बैंक सम्मानित भएको हो । राजधानीमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र जोशीले पुरस्कार ग्रहण गरेका छन् ।
विभिन्न आठ विधामा वितरण गरिएको अवार्डमा छिमेक लघुवित्त विकास बैंकले सर्वोत्कृष्ट लघुवित्त कम्पनीका तर्फको सम्मान प्राप्त गरेको बैंकले जनाएको छ ।
छिमेक लघुवित्त विकास बैंकले गत आर्थिक वर्ष २०७२÷७३ सम्ममा ९५ वटा शाखामार्फत कुल दुई लाख ७६ हजार दुई सय ८२ सदस्यका घरपरिवारलाई लघुवित्त सेवा पु¥याउँदै आएको छ । साथै, सोही अवधिमा बैंकले खुद मुनाफा ४७ करोड २६ लाख आर्जन गर्न सफल भएको जनाएको छ ।