‘झन्डा फहराउनमात्रै मन्त्री भएको होइन, काम गरेर देखाउँछु’

काठमाडौंः नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाहीले आफू झन्डामात्रै फहराउनका लागि मन्त्री नभएको बताएका छन्।
शुक्रवार सिंहदरबारस्थित मन्त्रालयमा पदबहालीपछि मन्त्री शाहीले आफू स्पष्टरुपमा काम गर्न चाहने व्यक्ति भएकाले गाडीमा झन्डा फहराउन मात्र आफू मन्त्री नभएकालर् काम गरेरै देखाउने बताएका हुन्।
मन्त्री शाहीले आफूले केही ठोस उपलब्धिमुलक काम गरेर देखाउने र मन्त्रालयलाई कार्ययोजनासहित परिवर्तन गरेर छाड्ने प्रतिबद्धता जनाए।
उनले आर्थिक समृद्धिको आधारको रुपमा रहेको पर्यटन क्षेत्रको विकासका लागि पूर्वाधार विकास र हवाई सञ्जाल विस्तार गरिने बताए।
प्रतिक्रिया दिनुहोस !
