भोजपुर मेनिया (फोटो फिचर)

भोजपुर मेनिया (फोटो फिचर)

भोजपुरलाई परिचय दिन विभिन्न प्राकृतिक, धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक गौरवका चिनो पर्याप्त छन् । पूर्वाञ्चलको मध्यपहाडी जिल्लाको माझकिराँतमा अवस्थित यस जिल्ला जति प्रसिद्ध छ त्यति नै विकट पनि छ । यहाँको संस्कृतिमा किराँत बाहुल्य पाइन्छ ।

कुनै बेला भोजपुर भन्नेबित्तिकै टक्सार बजार जोडिएर आउँथ्यो । । देशको पूर्वी यात्रा गर्दा राजा महेन्द्रले टक्सारलाई औद्योगिक नगरीको रूपमा विकास गर्न निर्देशन दिएका थिए । तामाका पैसा काट्न वि.सं. १८७२ मा स्थापित थियो, टक्सार । हाल टकविहीन छ टक्सार । त्यो परिचय हाल भोजपुरे खुकुरी र करुवाले दिएका छन् । टक्सारको साख हराएझैँ लाग्छ । बिचरा निरीहजस्तो देखिन्छ, टक्सार !


भोजपुर जिल्लाको सदरमुकाम भोजपुर नै हो । भोजपुर पुग्दा पहाडी आकर्षक नागबेली प्राकृतिक आयतनले जोकोहीलाई पनि लोभ्याउँछ । हाल भोजपुरको मुख्यः विशेषता भनेको पर्यटकीय सम्पदास्थल बनेका छन् । खोटाङ र भोजपुरको सीमावर्ती ट्याम्केडाँडा पूर्वाञ्चलकै अग्लो डाँडाको रूपमा चिनिन्छ । धार्मिक रूपमा आस्था राख्नेलाई जिल्लाका साल्पा–सिलिचिङ, सिद्धकाली मन्दिर, सातधारा, षडानन्द आ श्रम, दिङ्ला, नाग छाँगा, बैकुण्ठे, ऐतिहासिक हतुवागडी आदि प्रसिद्ध छन् । सांस्कृतिक एवम् ऐतिहासिकता अध्ययन गर्नेहरूका लागि किराँती संस्कृति र मिथक पर्याप्त छन् ।

जिल्लाकै सबैभन्दा ठूलो र अग्लो पिखुवा खोला झरनाको मनोरम दृश्य हेर्दा जो कोहीको मन अभिभूत हुन्छ । त्यसका अलवा भोजपुरको चिनारी चाखेवा डाँडा, घोरेटार बजार, हाँसपोखरी, तिम्ला, टक्सारबजार, सुन्तलेडाँडा, रानीवास, पैयुँडाँडा आदि अतुल्य प्राकृतिक सोतसाधन र सम्पदाहरू छन् ।

भोजपुर सुन्दर छ, तर यसको सुन्दरतालाई न राज्यले चिन्न सकेको छ न स्थानीयहरूले नै । पर्याप्त पर्यटकीय स्थलहरू भएर पनि प्रचारप्रसारको अभावमा भोजपुर निरीह बन्न बाध्य छ । समृद्ध र समुन्नत भोजपुरको कल्पना गर्दा पर्यटनलाई प्रमुखतामा राख्न आवश्यक देखिन्छ । आर्थिक विकासका लागि पर्यटन प्रमुख चिज हो ।

जसले जिल्लाको आर्थिक ढोका खोल्न सक्छ । मुख्य गरेर भोजपुरको जनजीवन खेतीकिसानीमा निर्भर छ । स्रोतसाधनको दृष्टिले सम्पन्न भएर पनि भोजपुर विकट हुनुका कारण विकासको गति धिमा देखिन्छ । यद्यपि विकासका गतिहरू विस्तारै अघि बढ्ने तरखरमा छन् । जिल्ला समृद्ध बन्नु भनेको जिल्लावासीको प्रतिष्ठा बढ्नु हो । पर्यटनलाई जिल्लाको मेरुदण्ड बनाउन सक्ने हो भने भोजपुर जिल्लाको रूप फेरिन त्यति समय लाग्ने छैन ।

काठमाडौ–भोजपुर हवाईसेवा सञ्चालनमा रहे पनि त्यो औंसी–पूर्णेजस्तो छ । भरपर्दो मानिएको हिले–लेगुवा सडकमार्ग पनि बाटोको स्तरोन्नति हुन नसक्दा यात्रुहरूले कष्टपूर्ण यात्रा गर्न बाध्य छन् । भोजपुर पुग्न धरानबाट करिब एक दिनको सवारीसाधनको कष्टपूर्ण यात्रा तय गर्नुपर्दछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.