मलेसियामा नेपाली कामदारको हडताल

मलेसियामा नेपाली कामदारको हडताल

क्वालालम्पुर: न्युनतम तवल वृद्धिको माग गर्दै नेपाली श्रमिक हडतालमा उत्रिएपछि मलेसियाको निलाइमा कार्यरत नेपाली बस्ने होस्टलमा कम्पनीले पानी र बिजुली सेवा बन्द गराएको छ ।

नेगेरी सेम्विलान राज्यमा रहेको एवान ग्लोभ कम्पनीमा कार्र्यरत नेपाली श्रमिकले मलेसिया सरकारले तोकेको न्युनतम तलब उपलब्ध गराउनु पर्ने माग गर्दै आन्दोलन गरेका हुन् । नेपाली श्रमिक हडतालमा उत्रिएपछि कम्पनीको कामसमेत प्रभावित बनेको छ ।

दुई सय ३० नेपाली ,पाकिस्तानी र बंगलादेशी गरी पाँच सय तीन श्रमिक हडतालमा उत्रिएका छन् । उनीहरूको होस्टलको बिजुली र पानी बन्द भएपछि घर फर्किन पाउनु पर्ने मागसमेत नेपाली श्रमिकले राखेका छन् ।

न्युनतम तलब बढ्नु पर्ने, आइतबार र बिदाका दिन ओभरटाइमको मूल्य दोब्बर हुनु पर्ने, आइतबार अनिवार्य छुटि हुनु पर्ने, बिजुली पानी र अन्य नाममा काटिने एक सय ३५ रिंगेट रकम काटन नपाइने लगायतका माग श्रमिकका छन् । आन्दोलनमा उत्रिएका स्याङ्जाका आवास थापाका अनुसार कम्पनीले माग पूरा नगरेसम्म हडताल जारी रहनेछ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.