बीएफ डियर हिलले ल्यायो नयाँ मोडलका जुत्ता
काठमाडौंः बेस फुटवेयर प्रालिले बजारमा बीएफ डियर हिल सुजका नयाँ मोडलका जुत्ता ल्याएको छ ।
विगत १५ वर्षदेखि गुणस्तरीय नेपाली छाला जुत्ता उत्पादन गर्दै आइरहेको कम्पनीले दसैं तिहारलाई लक्षित गरेर ५० भन्दा बढी नयाँ मोडल बजारमा ल्याएको हो । नेपालको पहिलो आईएसओ मान्यता प्राप्त कम्पनी बेस फुटवेयर प्रालिका अनुसार स्पोर्ट सुज र लेदरको बेल्ट यस वर्षको मुख्य आकर्षण हो ।
युवावर्गलाई लक्षित गरेर बजारमा ल्याइएका नयाँ मोडलका जुत्ता आकर्षक र हरेक वर्गका लागि उपयुक्त रहेको कम्पनीका प्रबन्ध निर्देशक होमनाथ उपाध्यायले बताएका छन् । उनले कम्पनीका सबै जुत्तामा ६ महिनाको वारेन्टी कार्ड साथ रहने जनाएका छन् ।
कम्पनीले वारेन्टी कार्ड हरेर मात्र जुत्ता र लेदरको बेल्ट खरिद गर्न ग्राहकलाई अनुरोध गरेको छ । कम्पनीले स्पोर्ट सुज, क्याजुअल सुज, डिजर्ट बुट, लेदर स्यान्डल, फुटबल सुज उत्पादन गर्दै आएको छ ।