इन्टेक्सको एक्वा प्राइड थ्रिजी स्मार्ट फोन बजारमा
काठमाडौंः भारतीय मोबाइल कम्पनी इन्टेक्स टेकनोलोजीले आफ्नो नयाँ स्मार्टफोन ‘एक्वा प्राइड’ नेपालमा सार्वजनिक गरेको छ ।
अत्यधिक ब्याट्री ब्याकअप भएको यो फोन बजारमा आठ हजार एक सय ९९ रुपैयाँमा उपलब्ध हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यो स्मार्टफोनले थ्रिजी सपोर्ट गर्छ । पाँच इन्चको डिस्प्ले रहेको फोनमा १.३ गिगाहर्जको क्वार्डकोर प्रोसेसर छ ।
मार्समलो एन्ड्रोइड ६.० रहेको यो फोनमा लाइट सेन्सर प्रयोग गरिएको छ । एक जीबी र्याम र आठ जीबी रोम रहेको छ । एसडीकार्ड प्रयोग गरी ३२ जीबीसम्म पुर्याउन सकिने कम्पनीले जनाएको छ ।
एक्वा प्राइडमा पाँच मेगापिक्सेलको मुख्य क्यामरा रहेको छ भने सेल्फीका लागि दुई मेगा पिक्सेलको फ्रन्ट क्यामरा छ । २८ सय एमएएचको ब्याट्री क्षमता रहेको यो फोन खरिदमा कम्पनीले एक वर्षसम्मको वारेन्टी दिएको छ ।