आईएमई अध्यक्षद्वारा एनआरएनए सम्मेलनलाई सम्बोधन

आईएमई अध्यक्षद्वारा एनआरएनए सम्मेलनलाई सम्बोधन

काठमाडौंः आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले अमेरिकास्थित न्यु जर्सीमा आयोजित गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं क्षेत्रीय सम्मेलनलाई सम्बोधन गरेका छन् ।

साउन १२ गते सुरु भएको सम्मेलनलाई नेपाल उद्योग वाणिज्य महासंघ तथा नेपालको समग्र निजी क्षेत्रको तर्फबाट उनले सम्बोधन गरेका हुन् । अध्यक्ष ढकालले राजनीतिक स्थायित्वपछि मात्र नेपालमा लगानी गरौंला भनेर प्रतीक्षा नगर्न सबै गैरआवासीय नेपालीलाई अनुरोध गरे ।

सबै राजनीतिक दल र सरकारले देशको आर्थिक विकासमा प्रतिबद्धता व्यक्त गर्दै आएकाले पनि नेपालमा लगानी गर्नुपर्ने धारणा उनले राखेको ग्रुपले जनाएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघको अन्तर्राष्ट्रिय तथा गैरआवासीय नेपाली लगानी प्रवद्र्धन समितिको सभापतिसमेत रहेका ढकालले नेपालको निजी क्षेत्र गैरआवासीय नेपालीसँग सहकार्य गरी देशको आर्थिक विकास गर्न तयार रहेको बताए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.