सडकपेटीमा अचेत अवस्थामा भेटिएकी महिलाको मृत्यु
ललितपुर: ललितपुर उपमहानगरपालिका–१० ज्वागलचोकस्थित सडकपेटीमा भेटिएकी अचेत महिलाको मृत्यु भएको छ।
सोमबार अचेत अवस्थामा भेटिएकी महिलाको उपचारको क्रममा पाटन अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक ईश्वर कार्कीले बताए।
मृतक महिलाको नामथर नखुलेको बताइएको छ। अन्दाजी ५० वर्षकी महिलाले रातो साडी, ब्लाउज, रातो टीकालगाउनुका साथै लेडिज ब्यागभित्र घडी, छाता, सेतो चस्मालगायतका सामान रहेको प्रहरीले जनाएको छ। रासस