नेपाली बजारमा भित्रियो रेनोल्ट
काठमाडौंः फ्रान्सको बहुउद्देश्यीय अटोमोबाइल उत्पादक कम्पनी रेनोल्ड नेपाली बजारमा प्रवेश गरेको छ । कम्पनीले पहिलो पटक नेपाली बजारमा क्विड तथा डस्टर सेगमेन्टका गाडी उपलब्ध गराएको छ ।
नेपालमा विशाल समूहअन्तर्गत रहेको एडभान्स अटोमोबाइल्स प्राइभेट लिमिटेडले रेनोल्डका गाडी भिœयाएको हो । कम्पनीले रेनोल्टका क्विड र डस्टर सेगमेन्टका कार भित्र्याएकाे छ । कमप्याक्ट ह्याचब्याक सेगमेन्टमा भित्रिएको क्विड कार रेनोल्टको विश्वव्यापी समूहले डिजाइन तथा विकास गरेको हो । रेनोल्टको क्विड अन्तर्राष्ट्रिय विस्तारको रणनीति तथा पहुँचको रणनीतिमा अग्रगामी कदमका रूपमा सफल भएको छ । कम्पनीका अनुसार क्विड सेग्मेन्टका कारको नेपालमा १६ लाख ८९ हजार नौ सय ९० बाट मूल्य सुरु हुनेछ ।
डस्टर रेनोल्टको आधारभूत विशेषताको नवीन अवधारणाको सही उदाहरण रहेको कम्पनीले जनाएको छ । डस्टर दक्षता, विश्वसनीयता, मूल्यको महŒवका साथै राम्रोसँग समेटिएको र सेगमेन्ट ब्रेकिङ उत्पादनका साथसाथै सेडानको विकल्पको रूपमा आएको प्रिमियम एसयूभी हो । कम्पनीले यी गाडीमा इन्जिनियरिङ, स्टाइल, सुरक्षा र आरामदायी सुविधालाई प्राथामिकताका रूपमा लिएको कम्पनीले जनाएको छ । डस्टर सेग्मेन्टका कार नेपालमा ३५ लाख ३३ हजार नौ सय ९० को सुरुवाती मूल्यमा उपलब्ध हुनेछन् ।
नेपालमा विशाल समूहअन्तर्गत रहेको एडभान्स अटोमोबाइल्स प्राइभेट लिमिटेडले रेनोल्डका गाडी भित्र्याएकाे हाे । कम्पनीले रेनोल्टका क्विड र डस्टर सेगमेन्टका कार भित्र्याएको छ ।
यी दुवै उत्पादनले नेपालको अटोमोटिभ उद्योगमा नयाँ पहिचान कायम गर्ने कम्पनीले विश्वास लिएको छ । कम्पनीले नेपालमा सबैभन्दा माथिल्लो तहको युरोपियन ब्रान्ड बन्न बजारमा उपस्थिति महत्वपूर्ण रहेको बताएको छ ।
यसै अवसरमा आयोजित कार्यक्रममा रेनो समूहका भारतीय उपमहादेशीय प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक सुमित सहानीले रेनोल्टको विस्तारका क्रममा नेपालमा पहिलो वितरकको रूपमा एडभान्स अटोमोबाइल्स प्रालिसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताएका छन् ।
एडभान्स अटोमोबाइल्स प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक निकुञ्ज अग्रवालले रेनोल्ट विश्वभर प्रसिद्ध अटोमोटिभ ब्रान्ड भएको बताए । उनले विश्वव्यापी अटोमोटिभ उद्योगमा नवीनता र तीव्रताका लागि चर्चित अटोमोटिभ कम्पनीसँगको आबद्धता नै आफ्ना लागि ठूलो कुरो रहेको बताए ।
रेनोल्ट क्विडमार्फत ग्राहकलाई गेम चेन्जर कम्प्याक्ट ह्याचब्याक प्रदान गर्ने बताउँदै अग्रवालले भने, ‘रेनोल्टको विश्वव्यापी समूहले डिजाइन तथा विकास गरेको हो, जसले साँच्चिकै अन्तर्राष्ट्रिय कार बनाएको छ ।’ कम्पनीले आउँदो अटोमोबाइल एक्स्पो नाडा अटो सोमा सहभागी हुने जनाएको छ ।