महिन्द्राद्वारा मोजो राइडरको स्वागत

महिन्द्राद्वारा मोजो राइडरको स्वागत

काठमाडौंः महिन्द्रा ग्रुपअन्तर्गतको महिन्द्रा टु ह्विलर्स लिमिटेडले सोमबार भारतको पुनेबाट आएका मोजो राइडरको स्वागत गरेको छ ।

कम्पनीले मंगलबार सुरु हुने नाडा अटो सोका लागि महिन्द्रा मोजो तीन सय सीसी राइड गरी आएका दक्ष मोटरसाइकल राइडर तथा मोजो एक्सपट्र्सलाई स्वागत गरेको हो ।


राइडरहरू महिन्द्राको फ्ल्याग्सिप मोडल मोजो तीन सय सीसीको नाडामा हुने पहिलो अन्तर्राष्ट्रिय लन्चका लागि काठमाडौं आएका हुन् । कम्पनीका अनुसार नेपालमा हुने सबैभन्दा ठूलो अनावरणमध्ये एक मानिएको यस लन्चमा उक्त राइडरको प्रस्तुतिले उत्साह थप्ने कम्पनीले जनाएको छ ।

अनावरणलगत्तै राइडरहरू नेपाल ट्रेल (यात्रा) को पहिलो चरणअन्तर्गत बिहीबार जोमसोम जाने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.