शिवम् सिमेन्टको चाँदी नै चाँदी योजना

शिवम् सिमेन्टको चाँदी नै चाँदी योजना

काठमाडौंः शिवम् सिमेन्टका ग्राहकका लागि ‘चाँदी नै चाँदी’ योजना ल्याएको छ । कम्पनीले नजिकिँदै गरेको दसै‌, तिहार र छठ पर्वको अवसरलाई मध्यनजर गरेर चाडपर्वको शुभकामना व्यक्त गर्दै चाँदी नै चाँदी नामक योजना बजारमा ल्याएको हो ।

यस योजना अन्तर्गत, चाडपर्वको अवसरमा शिवम् सिमेन्टले प्रत्येक ४० बोरा सिमेन्टको खरिदमा १० ग्राम ‘लक्ष्मी-गणेश’ अकिंत चाँदीको सिक्का उपहार योजना लागू गरेको छ । यो योजना सीमित स्टकका लागि नेपालभर लागू गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीले विशेष चाडपर्वलाई लक्षित गर्दै लक्ष्मी र गणेश अंकित चाँदीको सिक्का उपहार स्वरुप प्रदान गर्ने योजना ल्याएको हो । महान्चाड विजयादशमी, दिपावली र छठ पर्वको अवसरमा नेपालीलाई शुभकाना व्यक्त गर्दै यसपालीको चाडपर्वमा अब क्वालिटी घरको निमार्णसँगै ‘चाँदी नै चाँदी’ को उपहारको खुसीयाली बाँड्ने कम्पनीको योजना बनाएको छ ।

‘गुणस्तरको पहिचान हो शिवम्’ तथा ‘गुणस्तरमा कहिल्यै सम्झौता नगरौं’ जस्ता मूल नाराका साथ अगाडि बढिरहेको शिवम्सिमेन्ट आफ्नो गुणस्तरीय बिक्री वितरण र बिक्री पछिको प्राविधिक सेवाको कारणले पहिलो स्थानमा रहन सफल भएको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.