नाडामार्फत सुजुकीको भिटारा ब्रेजा सार्वजनिक
काठमाडौंः सीजी नेक्स्ट जेनले नेपाली बजारमा स्पोर्टिएस्ट एसयूभीका रूपमा अत्यधिक चर्चामा रहेको सुजुकी भिटारा ब्रेजा काठमाडौंको भृकुटी मण्डपमा सोमबारबाट आयोजना भइरहेको नाडा अटो सो-२०१६ मार्फत सार्वजनिक गरेको हो ।
नाडामार्फत सार्वजनिक गरिएको नयाँ भिटारा ब्रेजालाई कम्पनीले ६ भिन्न भ्यारिन्ट उपलब्ध गराएको छ । कम्पनीले नाडा अवधिभर ब्रेजाको लिमिटेड अप्सन पनि उपलब्ध गराएको जानकारी दिएको छ ।
लिमिटेड अप्सनमा कम्पनीले स्पोर्ट्स र ग्ल्यामर एडिसन उपलब्ध गराएको छ । कम्पनीका अनुसार विशेष एडिशनका यी कारको बुकिङ भने नाडा अवधिभर कम्पनीको स्टल नम्बर ‘ए स्टार वान’ मा गर्न सकिनेछ । सार्वजनकि गरिएको नयाँ भिटारा ब्रेजाको शुरुवाती मूल्य ३५ लाख ९९ हजार तोकिएको छ ।
कारमा उत्कृष्ट कार्य क्षमता प्रदर्शनीका लागि डीडीआईएस २०० इञ्जिन जडान गरिएको यस कारमा डीडीआईएस २०० डिजल इञ्जिन छ । यसले ९० पीएस शक्ति र २४ दशमलव ३ किलोमिटर प्रतिलिटर माइलेज दिने कम्पनीको जनाएको छ ।
कारमा किलेस न्ट्र, स्टेरिङ माउन्टेड कन्ट्रोल, ब्लू टूथ, भ्वाइस कमान्ड, इञ्जिन स्टार्ट स्टप बटन, क्यामेरासहितको पार्किङ सेन्सर, अटो एसीलगायत सुविधा पनि उपलब्ध रहेको छन ।