स्पोर्टी स्कुटर ‘रे जेडआर’ बजारमा

स्पोर्टी स्कुटर ‘रे जेडआर’ बजारमा

काठमाडौंः नेपालका कालागि यामाहा मोटरसाइकलको आधिकारिक बिक्रेता एमएडब्लू इन्टरप्राइजेजले नाडा अटो सोमार्फत मंगलबार नयाँ स्कुटर ‘रे जेडआर’ सार्वजनिक गरेको छ ।

यो स्कुटर ‘स्पोर्टी र हेभी’ स्कुटरमा बलियो फ्रन्ट मास्क, सीधा रेखा र गतिको आभाष दिलाउने ग्राफिक्स कोरिएका छन् । रे जेडआरमा एअर कुल्ड ४-स्ट्रोक, एसओएचसी, सीभीटीजडित ११३ सीसी ‘ब्लु कोर’ इन्जिन जडान गरिएको छ ।

यसले ६६ किलोमिटर प्रतिलिटर माइलेज प्रदान गर्ने कम्पनीले जनाएको छ । कार्यक्रममा एमएडब्लूको सेल्स एन्ड बिजनेस डेभलपमेन्ट–एजीएम दिपक रौनियारले फेसिनो सार्वजनिक गरेपछि हाम्रो स्कुटर बिक्री तीव्र बढेको बताउँदै रे जेडआर ल्याएपछि कम्पनी थप उत्साहित भएका बताएका छन् ।

यो स्कुटरमा ‘कि सटर लकिङ सिस्टम’ राखिएको छ । यसले स्कुटर चोरी हुनबाट बचाउँछ ।

यसमा प्रयोग गरिएको चुच्चो टेल लाइटले स्कुटरलाई थप आकर्षक बनाएको छ । पछाडिको साइट लाइट बडीबाट बाहिर निस्कने गरी डिजाइन गरिएको छ जसले यसलाई स्पोर्टी देखाउने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.