फियाट पुन्टो प्युअर नाडामार्फत सार्वजनिक

फियाट पुन्टो प्युअर नाडामार्फत सार्वजनिक

काठमाडौंः इटालियन ब्रान्ड फियाट कारको आधिकारिक बिक्रेता लाइफ अटोमोबाइलले नाडा अटो सोमा ‘फियाट पुन्टो प्युअर’ सार्वजनिक गरेको छ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले नाडा अटो सोमा फियाट्को नयाँ कार सार्वजनिक गरेका हुन् ।

इन्ट्रि-लेभलको ह्याचब्याक कारको रूपमा ल्याइएको पुन्टो प्युअर बलियो बनोट, पर्याप्त स्पेस, उच्च ग्राउन्ड क्लेरेन्स र प्रिमियम डिजाइनका साथ उपलब्ध भएको छ । लाइफ अटोमोबाइलका बिजनेस हेड सुरज मानन्धरका अनुसार पुन्टो प्युअर इन्ट्रिलेभल भेहिकलमा सबैभन्दा उत्तम विकल्प हो ।

गाडीको चाहना भएकाका लागि यो पहिलो कार हुनसक्ने बताए । कम्पनीले कम मूल्यमा प्रिमियम सुविधा भएको यो कारले ह्याचब्याक सेग्मेन्टमा जादु गर्ने अपेक्षा गरेको छ । १.२ लिटर फायर पेट्रोल इन्जिनमा उपलब्ध हुने यो कारले ६ हजार आरपीएममा ६८ पीएस उर्जा र २५ सय आरपीएममा ९६ एनएम टर्क उत्पन्न गर्ने कम्पनीले जनाएको छ ।

४५ लिटर क्षमताको फ्युल ट्यांक भएको यो इटालियन कारले १५.७ केएमपीएल माइलेज दिन्छ । १९५ मिलिमिटर ग्राउन्ड क्लेरेन्स रहेको कार यो क्लासकै सबैभन्दा बढी रहेको कम्पनीको दावी छ । पुन्टो प्युअर ‘एक्जोटिक रेड’, ‘हिपहप ब्ल्याक’ र ‘ह्वाइट’ गरी तीन रंगमा बजारमा उपलब्ध हुनेछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.