शाखा विस्तार गर्दै लक्ष्मी बैंक
काठमाडौंः लक्ष्मी बैंकले सोमबार रुकुमको चौरझारी र जाजरकोटको खलंगामा शाखा सञ्चालनमा ल्याएको छ । यो सँगै बैंकको शाखा संख्या ५२ पुगेको छ ।
शाखाको विस्तारसँगै बैंकले चौरझारी र जाजरकोट-खलंगा जस्ता बैंकिङ क्षेत्रमा पिछडिएका क्षेत्रका ग्राहकलाई इन्टरनेट बैंकिङ र मोबाइल फोनमार्फत बैंकिङ सेवासमेत प्रदान गर्ने जनाएको छ ।
सुविधाजनक नयाँ निक्षेप योजना र विभिन्न आवधिक तथा बचत निक्षेप सेवाका साथसाथै व्यक्तिगत तथा साना व्यवसाय कर्जा सेवा प्रदान गरी बैंकिङ सेवाको दायरालाई फराकिलो पार्दै जाने लक्ष्य बैंकले लिएको छ ।
साना व्यवसाय कर्जा र व्यावसायिक कृषि क्षेत्रमा बैंकले आफ्नो ध्यान केन्द्रित गरेको जनाएको छ । बैंकले आगामी दिनमा शाखा अनि सेवा देशभरि विस्तार गर्ने लक्ष्य लिएको छ ।