सिटिजन्सको २५.७८ प्रतिशत लाभांश प्रस्ताव
काठमाडौंः सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले २५.७८ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।
बैंकको सोमबार बसेको सञ्चालक समिति बैठकले असार मसान्तको चुक्ता पुँजीको २४.४९ प्रतिशत बोनस सेयर र सोमा लाग्ने करका लागि १.२९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो ।
लाभांश नेपाल राष्ट्र बैंक र बैंकको साधारण सभाबाट स्वीकृत भएपश्चात् मात्र वितरण हुने बैंकले जनाएको छ । आर्थिक वर्ष २०७२÷७३ मा थप ११ अर्ब ६१ करोड निक्षेप परिचालन गरी कुल निक्षेप ४७ अर्ब ३९ करोड परिचालन गरेको यस बैंकले कर्जा लगानीतर्फ थप ११ अर्ब ३६ करोड वृद्धि गरी कुल ४० अर्ब ५६ करोड पुर्याएको जनाएको छ ।