क्रस दी बोर्डरमा निर्वाण चाैधरी: अाफ्नो देशलार्इ विश्वास गर्नोस्

क्रस दी बोर्डरमा निर्वाण चाैधरी: अाफ्नो देशलार्इ विश्वास गर्नोस्

पोखराः परिवारले देशकै अग्रणी औद्योगिक समूह चलाइरहेको थियो । देशमा द्वन्द्वले चरमोत्कर्ष लिइरहेको थियो । उद्योग धन्दा चौपट थिए । उनले लन्डनबाट भर्खरै प्लस टु पास गरेका थिए । युवा जति विदेश पलायन भइरहेको त्यही बेला उनी लन्डनबाट स्वदेश फर्किए । यो कथा हो निर्वाण चौधरीको । उद्यमशीलता जर्गेना गर्ने उद्देश्यले होटल स्नोल्यान्डले चलाइरहेको क्रस दी बोर्डर शृंखलामा उनी आफ्नो कथा सुनाउँदै थिए ।

‘हाम्रो देश हामीले नै बनाउनुपर्छ भनेर म देशमै बस्छु’, उनले भने, ‘जब कि म विश्वको जुनसुकै ठाउँमा बस्न सक्ने र जान सक्ने अवस्था हुँदा हुँदै यही बसें र यहीं बस्नेछु ।’ विश्वका थुप्रै देशमा चौधरी ग्रुपले उद्योग र व्यवसायी विस्तार गरे पनि त्यहाँको व्यवस्थापकीय नेतृत्व हेर्ने जिम्मा नेपालीलाई दिएको पनि उनले सुनाए । ‘हामी नेपालीले गर्न सक्छौं र गरिरहेका छौं’, उनले भने ।

उद्यम बन्न चाहने युवालाई निर्वाणले सबैभन्दा पहिला आफ्नो देशलाई चिन्न आग्रह गरे । ‘आफ्नो देशलाई विश्वास गर्नाेस्, यो भएन, ऊ भएन भनेर निराश नहुनोस्’, उनले भने, ‘नेपालमा धेरै काम गर्न सकिन्छ, यहाँ सम्भावना धेरै छन् ।’

विश्वकै धनीको सूचीमा गनिने विनोद चौधरीको छोरा भए पनि आफूले सबैभन्दा पहिला पैसाको मूल्य चिन्न सिकेको निर्वाणले सुनाए । ‘कसरी कम्तीमा किन्ने र बढीमा बेच्ने भन्ने सिकें,’ उनले भने, ‘पैसा छ भन्दैमा जथाभावी खर्चनु हुन्न भन्ने पनि सिकें, १ हजारमा पाइने सामान हुँदा हुँदै २५ हजार खर्चन जरुरी छैन । सजिलै पुगिने गन्तव्यमा बिजनेस क्लासकै उडान गर्नुपर्छ भन्ने छैन ।’ यस्ता कुरामा दिमागको पूर्व सोचाइले काम गर्ने उनको भनाइ थियो । ‘पैसाको मूल्य चिनिएन भने सफलता मिल्दैन’, उनले भने ।

कम्पनी जति ठूलो या सानो भए पनि त्यसको संरचना र सञ्चालन प्रक्रिया उस्तै हुने भएकाले सानैबाट सुरु गर्न सकिने उनको भनाइ थियो । ‘म आफैले पनि लन्डनमा पढ्दा बैंकमा इन्टर्नसिप गरें, रेस्टुरेन्टमा वेटरको काम गरें’, उनले भने, ‘त्यसैले एउटा लक्ष्य राखेर सानै कामबाट सुरु गर्नोस्, धैर्यचाहिँ नगुमानोस्, सफलता हात लाग्छ लाग्छ ।’

चौधरी ग्रुपले पछिल्लो समय सोसियल बिजेनसमा ध्यान केन्द्रित गरेको भन्दै उनले उद्यमी बन्न चाहनेको कुनै योजना भए त्यसलाई सघाउन तयार रहेको जानकारी पनि दिए । ‘यतिका वर्षदेखि गरेको कामबाट भन्दा हामी पोहोर र अहिले गरेको कामबाट सन्तुष्ट छौं’, उनले भने, ‘पोहोर भूकम्प पीडितका लागि ३ हजार घर बनायौं र करोडौं समाजसेवा लगायौं ।’

उद्यमशीलताको विकास नगरी देश उभो लाग्दैन भनेरै त्यसको विकासका लागि सफल उद्यमीहरुको अनुभव सुनाउन ‘क्रस दी बोर्डर शृंखला’ सञ्चालन गरेको कार्यक्रम आयोजक होटल स्नोल्यान्डका प्रबन्ध निर्देशक गणेशबहादुर थापाले सुनाए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.