साओमीको दसैं तिहार योजना

साओमीको दसैं तिहार योजना

काठमाडौंः साओमीले दसैं तिहारको उपलक्ष्यमा ‘किन मान्छौ बोर ? दसैं तिहारमा एमआईको गिफ्ट सियोर’ योजना ल्याएको छ ।

यसअन्तर्गत एमआईको कुनै पनि मोबाइल सेट खरिदमा एमआईको ६० र ४३ इन्चको टीभी, एमआई ५, एमआई ४, एमआई ब्लुटुथ, स्पिकर, एमआई ब्यान्ड, पावर ब्यांक, हेडफोनका साथै चाँदीको सिक्का प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

उपहार योजनामा सहभागिताका लागि एमआई नेपाल एप डाउनलोड गरी त्यसमा भेरिफाई अप्सनमा गएर फारम भर्नुपर्नेछ । उपहार विजेताको घोषणा तुरुन्तै एसएमएसमाफर्त गराइने कम्पनीले उल्लेख गरेको छ ।

चिनियाँ कम्पनी साओमीले विश्व बजारमा स्मार्टफोन, मोबाइल एप र अन्य विभिन्न इलेक्ट्रोनिक सामग्री डिजाइन, उत्पादन, बिक्री गर्दै आइरहेको छ । सन् २०१० अप्रिल ६ मा स्थापित यो कम्पनी चीनमै एक उत्कृष्ट स्मार्टफोन कम्पनीका रूपमा स्थापित भएको छ । २०१५ को अन्त्यसम्मा सात करोड स्मार्टफोन बिक्री गर्न सफल भएको कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.