सानिमा क्यापिटलको मर्चेन्ट बैंकिङ सेवा
काठमाडौंः सानिमा बैंक लिमिटेडको स्वामित्वमा स्थापित सानिमा क्यापिटल लिमिटेडले धितोपत्र कारोबारसम्बन्धी कार्य गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त गरेको छ ।
अब सानिमा क्यापिटलले निष्कासन तथा बिक्री प्रबन्ध, धितोपत्र प्रत्याभूति, सेयर रजिस्ट्रार, लगानी व्यवस्थापन, धितोपत्र निक्षेप सदस्यजस्ता सेवा प्रदान गर्ने जनाएको छ ।
क्यापिटलले नियमनकारी निकायको स्वीकृति लिई, निकट भविष्यमै सामूहिक लगानी कोषको योजना व्यवस्थापक तथा कोषको निक्षेप सदस्यको कार्य गर्ने योजना राखेको जनाएको छ ।