एनआईसी एसियाको स्वावलम्बी नारी बचत खाता
काठमाडौंः एनआईसी एसिया बैंकले नारी ग्राहकको निम्ति ‘स्वावलम्बी नारी बचत खाता’ नामक सेवा सुरु गरेको छ ।
तीजको अवसर पारेर बैंकले ल्याएको यो खाता विशिष्ट सुविधासहित उपयोगी सेवा र सुविधा संयोजन गरी नारी सशक्तीकरण गर्ने र स्वावलम्बी बनाउने लक्ष्यसहित तयार गरिएको बैंकले जनाएको छ ।
शून्य मौज्दातमा खोल्न सकिने यस खातामा वार्षिक ३.५ प्रतिशत ब्याज, दुई वर्षका लागि निःशुल्क भिसा कार्ड, निःशुल्क एसएमएस बैंकिङ, एक वर्षका लागि निःशुल्क इन्टरनेट बैंकिङ, दुई लाखसम्म दुर्घटना बिमा, कर्जा प्रक्रियामा सुविधा तथा छुट, निःशुल्क गोल्ड लोन प्रक्रियाजस्ता सुविधा हुनेछन् ।