पूर्वमन्त्री गुप्तालाई सघाएको आरोपमा प्रहरी निरीक्षक पक्राउ
काठमाडौंः पूर्वमन्त्री श्यामसुन्दर गुप्तालाई पैसा असुली गर्न सघाएको आरोपमा प्रहरी निरीक्षक पक्राउ परेका छन्।
पूर्वमन्त्री गुप्तालाई पैसा असुली गर्न सघाएको आरोपमा भैसेपाटी प्रहरी प्रभागका प्रमुख प्रहरी निरीक्षक अनिल पण्डितलाई मंगलबार विहान पक्राउ गरिएको ललितपुर प्रहरी परिसरका प्रमुख एसएसपी पिताम्बर अधिकारीले जानकारी दिए।
व्यापारी तारा रेग्मीलाई धम्क्याउँदै ५० लाख रुपैयाँ असुली गर्न खोजेको आरोपमा पूर्वमन्त्री गुप्ता सोमबारमात्रै ललितपुरको ताल्छीखेलबाट पक्राउ परेका थिए।
पण्डितलाई नियन्त्रणमा लिएर उनीमाथि अनुसन्धान सुरु गरिएको उनले बताए। प्रहरी निरीक्षक पण्डितको सहयोगमा पूर्वमन्त्री गुप्ताले व्यापारी रेग्मीलाई धम्क्याएर ५० लाख रुपैयाँ असुली गर्न खोजेको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
पक्राउ परेका प्रहरी निरीक्षक पण्डितलाई म्याद थपका लागि अदालतमा उपस्थित गराइएको छ।