६ वर्षीया बालिकाको बलात्कारपछि हत्या गर्नेलाई ३५ वर्ष कैद
कलैयाः बारामा ६ वर्षीया बालिकालाई बलात्कार गरी हत्या गरेको अारोपमा एकजनालाई ३५ वर्षको जेल सजाय सुनाइएको छ।
बारा जिल्ला अदालतले बालिका कञ्चनकुमारी ठाकुरलाई बलात्कार गरी हत्या गरेको अारोपमा बारा विप्रविर्ता–६ घर भई हाल कलैया–८ बस्ने गोलु भनिने २८ वर्षीय अरविन्दलाल दासलाई ३५ वर्षको जेल सजाय सुनाइएको हो।
जिल्ला न्यायाधीश सूर्यबहादुर थापाको एकल इजलासले दासलाई कर्तव्य ज्यान मुद्दामा २० वर्ष र बलात्कारमा १५ वर्ष गरी ३५ वर्षको जेल सजाय सुनाएको हो।
यस्तै सोही घटनामा संलग्न अन्य दुई अभियुक्तहरु कलैया–८ का ४५ वर्षीय मदन मिश्रलाई कर्तव्य ज्यानमा दुई वर्ष र १६ वर्षीय पवन मिश्रलाई ६ महिना कैद सजायको सुनाइएको छ।
उनीहरुले २०७१ कात्तिक २२ मा ६ वर्षीया ठाकुरलाई ललाइफकाई कलैया–८ स्थित कलैया अस्पतालको पछाडि लगेर बलात्कार गरी हत्या गरेका थिए।ब