सानिमा बैंक र नेपाल क्लियरिङ हाउसबीच सम्झौता
काठमाडौः सानिमा बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेडबीच सम्झौता भएको छ । सम्झौताअनुसार नेपाल क्लियरिङ हाउस लिमिटेडले बैंकलाई अन्तरबैक विद्युतीय भुक्तानी सेवा सञ्चालनका लागि एनसीएचएल-आईपीएस प्रणाली उपलब्ध गराउनेछ ।
सम्झौतापत्रमा सानिमा बैकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहाल र नेपाल क्लियरिङ हाउस लिमिटेडका तर्पmबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् । यो प्रणाली जोडिएपश्चात् सानिमा बंैकका ग्राहकले कुनै पनि खातामा भुक्तानी लिने दिनेजस्ता कारोबार सञ्चालन गर्न सक्ने बैंकले जनाएको छ ।