अम्बे सिमेन्टद्वारा विद्यालयलाई सहयोग
काठमाडौः अम्बे ग्रुपअन्तर्गतको अम्बे सिमेन्टले रामेछापको माकादुमस्थित विष्णु जनज्योति सेकेन्डरी विद्यालयलाई एक लाख एघार हजार एक सय ११ रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
अम्बे ग्रुपका अध्यक्ष हरिप्रसाद न्यौपानेले रकम विद्यालयका प्रधानाध्यापक रिपबहादुर कार्कीलाई हस्तान्तरण गरेका छन् । कार्कीले रकम विपन्न तथा जेहेन्दार विद्यार्थीको छात्रवृत्तिका लागि उपयोग गरिने बताएका छन् ।
कार्यक्रममा अम्बे ग्रुपका अध्यक्ष हरिप्रसाद न्यौपानेले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बालबालिकाको शिक्षाका लागि यो रकम सहयोग गरेको र भविष्यमा पनि अन्य विद्यालयमा यस्तै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।