दुई छिमेकी मुलुकसँगको सम्बन्ध सुधारः प्रधानमन्त्री

दुई छिमेकी मुलुकसँगको सम्बन्ध सुधारः प्रधानमन्त्री

काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै दुई छिमेकी मुलुकमा विशेष दूत पठाएर सम्बन्ध सुधार गर्ने प्रयास गरेको बताएका छन्।

प्रधानमन्त्रीमा निर्वाचित भएपछि पहिलो पटक बिहीबार संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भारत र चीनमा सरकारका तर्फबाट विशेष दूतका रुपमा पठाएर छिमेकीसँग बिग्रिएको सम्बन्धमा सुधार ल्याउने प्रयास सफल भएको समेत बताए।

उनले आफूले चालेको सम्बन्ध सुधारको प्रयास सफल भएको समेत दाबी गरे। उनले भने,‘छिमेकी मुलुकसँग आबेगमूखी होइन राष्ट्रियहितमा बनााउनु थियो। छिमेकीसँगको सम्बन्ध सुधार गर्न जरुरी छ।’

प्रधानमन्त्री प्रचण्डले दुई छिमेकी देशसँग भएका सम्झौता कार्यान्यनमा आफूले जोड दिने बताए। उनले भने,‘दुई देश (चीन र भारत) सँग भएका सहमति र सम्झौता कार्यान्वयनलाई प्राथमिकता दिइने छ। त्यसको कार्यान्वयनमा कुनै कसर बाँकी राखिनेछैन।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.