सुजुकी भिटारा ब्रेजा सर्वाधिक बुकिङ
काठमाडौँ: सुजुकी भिटारा ब्रेजा नेपालको सर्वाधिक लोकप्रिय कार मध्ये एक बनेको छ । कम्पनीका अनुसार सुजुकी भिटारा ब्रेजा सार्वजनिक गरिएको २० दिनमा सात सय बढी बुकिङ भएको छ । नाडाअटो शोमा सुजुकी भिटारा ब्रेजाले नेपाली बजारको रेकर्ड तोड्दै धेरै बुकिङ पाएको हो ।
नाडा मार्फत् सार्वजनिक गरिएको नयाँ भिटारा ब्रेजालाई कम्पनीले ६ भिन्न भ्यारिण्ट उपलब्ध गराएको छ । भिटारा ब्रेजाको शुरुवाती मुल्य ३५ लाख ९९ हजार तोकिएको छ । सीजी नेक्स्ट जेन नेपालका लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता हो । कम्पनीले भिटारा ब्रेजा नेपाली बजारमा सेग्मेण्टमै पहिलो पटक डुअल कलर स्किमसहित भित्र्याएको छ ।
कारमा डीडीआइएस २०० इञ्जिन जडान गरिएको छ भने यो इञ्जिनले ९० पीएस शक्ति र २४ दशमलव ३ किलोमिटर प्रतिलिटर माइलेज दिने कम्पनीको दाबी छ ।
उत्कृष्ट ग्राउण्ड क्लियरेन्स र स्पोर्टी बडी किटसहितको कारमा स्पोर्टी अलो ह्विल्स देखिने गरी मस्कूलर ह्विलको प्रयोग गरिएको छ । यात्रामा आरामदायी अनुभवका लागि कारमा सेग्मेण्ट अन्तर्गतकै ठूलो क्याविन र बुटस्पेस उपलब्ध गरिएको कम्पनीको भनाइ छ । कारमा चालक तथा यात्रुको सुरक्षाका लागि कम्प्युटर एडेड डिजाइन प्रयोग गरिएको सुजुकी टीइसीटी प्रणाली जडान गरिएको छ ।
कम्पनीले कारमा बेष्ट इन क्लास फिचर्सका रुपमा एप्पल कार प्ले सहितको स्मार्ट प्ले ईन्फोटेनमेण्ट प्रणाली, क्रुज कन्ट्रोल, एण्टी पिन्च गार्ड पावर विण्डो लगायत फिचर्स रहेका छन् । कारमा कि–लेस एण्ट्री, स्टेरिङ माउण्टेड कन्ट्रोल, ब्लूटुथ, भ्वाइस कमाण्ड, इञ्जिन स्टार्ट स्टप बटन, क्यामेरासहितको पार्किङ सेन्सर, अटो एसी लगायत सुविधा उपलब्ध भएको कम्पनीले जनाएको छ ।