क्यान मेलामा भायनेटको नयाँ योजना
काठमाडौं भायनेट कम्युनिकेसन्स्ले भृकुटीमण्डपमा जारी रहेको क्यान कमटेकलाई लक्षित गर्दै आफ्नो नयाँ ग्राहकयोजना सार्वजनिक गरेको छ । उक्त योजनाअनुसार मेलाभर कम्पनीले नयाँ कनेक्सनमा निःशुल्क जडान र एक महिना निःशुल्क इन्टरनेट सेवा प्रदान गर्ने जनाएको छ ।
कम्पनीले काठमाडौं, ललितपुरका र भक्तपुरमा फाइबर अप्टिक्स इन्टरनेट सर्भिस प्रदान गर्दै आएको छ । उपभोक्ताको अनुभवलाई अझ उत्कृष्ट बनाउन भायनेटले चाँडै नै भायनेट टीभी लन्च गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार भायनेट नेट टीभीको बुकिङ आगामी २३ गतेबाट सुरु हुनेछ । भायनेटले अफ अवधिभर नया भायनेट टीभी सब्सक्राइभरलाई तीन महिना निःशुल्क सब्सक्रिप्सन प्रदान गरिरहेको जनाएको छ ।