सिद्धार्थ बैंकका दुई नयाँ मुद्दती खाता
काठमाडौः सिद्धार्थ बैंकले सिद्धार्थ अवकाश मुद्दती खाता र सिद्धार्थ प्रिमियम मुद्दती खाता नामक दुई नयाँ मुद्दती खाता सञ्चालनमा ल्याएको छ ।
ग्राहकलाई निक्षेपमा आकर्षक प्रतिफल प्रदान गर्ने उद्देश्यका साथ सञ्चालनमा ल्याएको उक्त अवकाश मुद्दती खाता अवकाश प्राप्त व्यक्तिलाई लक्षितगरी एक वर्षको मुद्दती निक्षेपमा ६ प्रतिशतको आकर्षक ब्याज छ ।
सिद्धार्थ प्रिमियम मुद्दती खाता दुई वर्षका लागि मुद्दती निक्षेप राख्न इच्छुक ग्राहकलाई लक्षित गरी ६.५ प्रतिशतको आकर्षक ब्याजको साथमा सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ । बैंकले ग्राहकलाई प्रदान गर्दै आएको विभिन्न सेवा तथा सुविधाका साथ मासिक ब्याज भुक्तानी र ६.५ प्रतिशत सम्मको उच्च प्रतिफलसहितका निक्षेप योजना ल्याएकाले यसबाट ग्राहक आकर्षण हुने बैंक विश्वास लिएको छ ।