सुजुकी भिटारा ब्रेजा सर्वाधिक बुकिङ

काठमाडौः सुजुकी भिटारा ब्रेजा नेपालको सर्वाधिक लोकप्रिय कारमध्ये एक बनेको छ । कम्पनीका अनुसार सुजुकी भिटारा ब्रेजा सार्वजनिक गरिएको २० दिनमा सात सय बढी बुकिङ भएको छ ।
भदौ १४ गते काठमाडौंको भृकुटीमण्डप आयोजित नाडा अटो सोमार्फत् सीजी नेक्स्ट जेनले उक्त कार नेपाली बजारमा सार्वजनिक गरेको थियो । ६ भिन्न भेरियन्ट उपलब्ध रहेका भिटारा ब्रेजाको सुरुवाती मूल्य ३५ लाख ९९ हजार तोकिएको छ ।
कम्पनीले भिटारा ब्रेजा नेपाली बजारमा सेग्मेन्टमै पहिलो पटक डुअल कलर स्किमसहित भित्र्याएको छ । कारमा डीडीआईएस २०० इञ्जिन जडान गरिएको छ भने यो इञ्जिनले ९० पीएस शक्ति र २४.३ किलोमिटर प्रतिलिटर माइलेज दिने कम्पनीको दाबी छ ।
उत्कृष्ट ग्राउन्ड क्लियरेन्स र स्पोर्टी बडी किटसहितको कारमा स्पोर्टी अलो ह्विल्स देखिने गरी मस्कुलर ह्विलको प्रयोग गरिएको छ । कारमा चालक तथा यात्रुको सुरक्षाका लागि कम्प्युटर एडेड डिजाइन प्रयोग गरिएको सुजुकी टीइसीटी प्रणाली जडान गरिएको छ ।
कम्पनीले कारमा बेष्ट इन क्लास फिचर्सका रूपमा एप्पल कार प्लेसहितको स्मार्ट प्ले इन्फोटेनमेन्ट प्रणाली, क्रुज कन्ट्रोल, एन्टी पिन्च गार्ड पावर विन्डोलगायत फिचर्स रहेका जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !
