फेवा र गण्डकी मर्ज सहमति
काठमाडौं: फेवा विकास बैंक लिमिटेड र गण्डकी विकास बैंक लिमिटेड मर्ज हुने भएका छन् । नेपाल राष्ट्र बैंकबाट बैंक तथा वितिय संस्थालाई जारि निर्देशन बमाजिम विकास बैंलले २०७४ असार मसान्तसम्म पुर्याउनुपर्ने न्युनतम चुक्ता पूजी पुर्याउने लक्षयका साथ पोखरा केन्द्रीय कार्यालय रहेका यि दुइ बैंक एक आपसमा मर्ज हुने भएका हुन् ।
उक्त सम्झौतमा फेवा विकास बैंकका तर्फबाट बैंकका अध्यक्ष विन्दु कुमार थापा र गण्डकी विकास बैंकका तर्फबाट अध्यक्ष पद्म प्रसाद पौडेलले हस्ताक्षर गरेका छन् । मर्जर पश्चात बैंकको अध्यक्षमा फेवा बैंकका तर्फबाट संचालक जगन बहादरु गुरुङ र प्रमुख कार्यकारी अधिकृतको रुपमा फेवा बैंकका प्रमुख कार्यकारी अधिकृत रमेस बहादुर थापा रहने बैंकले जनाएको छ ।
भने मर्जर पश्चात बैंकको नाम र लागो गण्डकी विकास बैंककै हुने भएको छ । अपरिष्कृत वितिय विवरण अनुसार मर्जर पश्चात बैंकको चुक्ता पुजी एक अर्व ५३ करोड, खुद मुनाफा ४३ करोड, निक्षेप १७ अर्व २७ करोड, र कर्जा लगानि १४ अर्व ८५ करोड पुग्नेछ । मर्जर पश्चात केन्द्रीय कार्यलय सहित ५० वटा शाखा र २१ एटीएम संङख्या पुग्ने बैंकले जनाएको छ ।