अन्नपूर्णकर्मी बर्मा उपभोक्ता पुरस्कारबाट सम्मानित
काठमाडौं: अन्नपूर्णकर्मी राजेश बर्मा सम्मानित भएका छन्।
पत्रकारिताको माध्यमबाट आम उपभोक्ताको स्वास्थ्य तथा अधिकारको विषयमा लामो समयदेखि सक्रिय रुपमा कलम चलाएर उल्लेखनीय योगदान पुर्याए वापत राष्ट्रिय उपभोक्ता मञ्चले मंगलबार अन्नपूर्ण पोष्टका वरिष्ठ उपसम्पादक बर्मालाई सम्मान गरेको हो।
राजधानीमा आयोजित मञ्चको वार्षिकोत्सवको अवसरमा आपूर्ति मन्त्री दिपक बोहोराले अन्नपूर्णकर्मी बर्मालाई सम्मान पत्रद्वारा सम्मानित गरेका हुन्। अन्नपूर्णकर्मीसँगै सगरमाथा टेलिभिजनका पत्रकार जितेन्द्र रसिक श्रेष्ठ, नियामक निकायतर्फ गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता यादवप्रसाद कोइराला र तनहुँका प्रमुख जिल्ला अधिकारी दिपक सुवेदी, व्यवसायिक प्रतिष्ठानतर्फ सुमित केडिया र दुग्ध विकास संस्थानका महाप्रवन्धक गंगा तिम्लिसिनालाई पनि सम्मान पत्र प्रदान गरिएको छ।
यसैगरी मञ्चले सुनसरी र मकवानपुर शाखालाई पनि सम्मान गरेको छ।